प्रचण्डसहित पाँच सचिवालय सदस्य बैठक माग गरिएको पत्र बोकेर ओली भेट्न पुगे बालुवाटार


२२ कार्तिक २०७७, शनिबार
nekapa

काठमाडौं, २२ कार्तिक । सचिवालय बैठक बोलाउन माग गरिएको पत्र बोकेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरु बालुवाटार पुगेका छन् ।

नेकपा अध्यक्षसहितका वहुमत सचिवालय सदस्स्यहरु अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आज पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकको मागसहितको पत्र बुझाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार पुगेका हुन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय सदस्यको अनौपचारिक बैठक सकिएसँगै नेताहरु बालुवाटार पुगेका हुन् । नेकपा अध्यक्ष प्रचण्डले हिजो धुम्बाराहीमा डाकेको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओली, रामबहादुर थापालगायत अनुपस्थित थिए ।

अध्यक्ष ओलीले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएपछि नेकपा सचिवालयका पाँचजना (बहुमत) नेताहरू केही हच्चिए पनि आज अध्यक्ष प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू पुनः धुम्बाराहीमा भेला भएका थिए ।

आजको बैठकले पनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई सहमतिमा सचिवालय बैठक डाक्न आग्रह गर्ने निर्णय गरेको छ । धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७