देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनसमा


२२ कार्तिक २०७७, शनिबार
jumla

काठमाडौं, २२ कार्तिक । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । आज काठमाडौँ उपत्यकामा यस वर्ष जाडो शुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केही दिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ । ‘दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ’, मौसमविद् मानन्धरले भनिन्, ‘केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७