ट्राफिक सचेतनाका लागि सांगीतिक डमी अभियान


२२ कार्तिक २०७७, शनिबार
traffic domi

काठमाडौं, २२ कार्तिक । ट्राफिक सचेतनाका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक नयाँ अभियानको शुभारम्भ गरेको छ । शनिबारदेखि महाशाखाले ट्राफिक सचेतनाका लागि ‘सांगीतिक डमी अभियान’ शुभारम्भ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी भीम ढकालले सर्वसाधारण र चालकलाई ट्राफिक नियम पालनामा जागरुक बनाउन चोक चोकमा डमी राखेर ट्राफिक सचेतनामुलक गीतहरु बजाउँदै जनचेतना जगाउने काम भएको बताए ।

उनका अनुसार पहिलो चरणमा काठमाडौं उपत्यकामा ५ स्थानहरु रत्नपार्क, कोटेश्वर, कलंकी, नयाँ बानेश्वर र नयाँ बसपार्कमा सांगीतिक डमी अभियानको शुभारम्भ गरिएको छ ।

ट्राफिक प्रहरीले अभियानबाट एक महिनामा १ लाख जनामा ट्राफिक सचेतामा जगाउने लक्ष्य लिएको छ । यसअघि ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा ट्राफिक डमी राखेको थियो भने त्यो डमी अभियान प्रभावकारी बनेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७