ला लिगा : रियल बेटिसमाथि बार्सिलोनाको सहज जीत


२३ कार्तिक २०७७, आईतवार
laliga zRFBJy64Ug

काठमाडौं, २३ कार्तिक । ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जीत हात पारेको छ ।

गए राति भएको खेलमा बेटिसलाई बार्सिलोनाले ५–२ गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे । खेलको २२ औं मिनेटमा बार्सिलोनाले पाहुना टिम विरुद्ध अग्रता बनायो । उसका लागि डेम्बेलेले गोल गर्न सफल भए ।

ग्रिजमनको पासमा डेम्बेलेले गोल गर्न सफल भए । पहिलो हाफको इन्जुरी समयमा रियल बेटिसले खेल बराबरी गर्न सफल भयो । दोस्रो हाफको अन्तिमसम भने बार्सिलोनाले गोल अन्तर ५–२ बनायो । जितपछि बार्सिलोनाको ६ खेलमा ११ अंक भएको छ । जसका कारण बार्सिलोना आठौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७