दोस्रो विश्वयुद्ध लडेका बस्नेतको कोरोनाबाट निधन


२३ कार्तिक २०७७, आईतवार
balb 1604805069

काठमाडौं, २३ कार्तिक । कोरोना भाइरस संक्रमणबाट एक भूतपूर्व गोरखा सैनिकको ज्यान गएको छ ।

बेलायती गोर्खा फौजमा भर्ना भएर दोस्रो विश्वयुद्ध लडेका र जापानी सेनाको युद्धबन्दी समेत भएका बलबहादुर बस्नेतको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । ९९ वर्षीय बस्नेतको शनिबार बेलुका काठमाडौंस्थित नेपाली सेनाको अस्पताल छाउनीमा निधन भएको हो ।

१५ दिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी १९७९ सालमा बागलुङको गलकोट नगरपालिका–५ मा जन्मिएका थिए । उनलाई शुरुमा आईसीयूमा .राखिएको थियो । तर, स्वास्थ्यमा थप समस्या आएपछि भेन्टिलेटरमा राखिएको थियो ।

कोरोना संक्रमण हुनुअघि स्वास्थ्यमा अरु कनुै पनि समस्या नभएको बस्नेत परिवारले जनाएको छ । सन् १९५४ मा अवकासप्राप्त बस्नेत साहिला छोरासँगै भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए । तस्विर स्रोत ः हिमाल खवर पत्रिका

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७