२१३ नेपाली सेना शान्ति स्थापनार्थ दक्षिण सुडान प्रस्थान


२३ कार्तिक २०७७, आईतवार
un mission

काठमाडौं, २३ कार्तिक । नेपाली सेनाको २१३ जनाको टोली शान्ति मिसन अन्तर्गत दक्षिण सुडान प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसंघको शान्ति मिसन अन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली सेनाको टोली परिवर्तन गरिएको हो ।

हाल दक्षिण सुडानमा खटिएको तारादल गण छैटौं डफ्फाको टोलीलाई बदली गर्नका लागि गोरखबहादुर गण सातौं डफ्फाको टोली आइतबार सुडान प्रस्थान गरेको छ । २१३ जनाको सो टोलीको नेतृत्व प्रमुख सेनानी सुशील प्याकुरेलले गरेका छन् ।

यो टोली पुगेपछि दक्षिण सुडानबाट सेनानी दीपक अर्यालको कमाण्डमा रहेको २११ जनाको टोली यही कात्तिक २४ गते बिहान नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पूर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तस्विर स्रोतः नेपाली सेना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७