हामीलाई कोरोना जित्न लामै समय लाग्ने देखियो : डा. बाबुराम भट्टराई


२३ कार्तिक २०७७, आईतवार
baburam hisila

काठमाडौं, २३ कार्तिक । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीले आफूहरुलाई कोरोना जित्न लामै समय लाग्ने देखिएको बताएका छन् ।

गत ८ गते सामाजिक सञ्जालमार्फत आफू र श्रीमती दुवैमा कोरोना पुष्टि भएको जानकारी दिएका डा. भट्टराईले आज (आइतबार) सामाजिक सञ्जालमार्फत नै आफूहरू अझै भाइरसबाट मुक्त नभएको जानकारी दिएका हुन् ।

‘बूढाबूढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै,’ दम्पतीको सेल्फी तस्बिरसहित डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘लडाइँ केही लामै होला जस्तो पो छ त !’ यसको अर्थ उनीहरूको दोस्रो पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको हो ।

bb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७