बाइडेनलाई सारा विश्वले वधाइ दिइरहँदा पुटिन किन मौन ?


२४ कार्तिक २०७७, सोमबार
Putin

काठमाडौं, २४ कार्तिक । अमेरिकी राष्ट्रपतीय निर्वाचनमार्फत ४६ औं राष्ट्रपतिमा विजयी भएका जो बाइडेनलाई विश्वभरबाट वधाई तथा शुभकामना दिनेहरुको भीड बढिरहेका बेला रुसले भने यो समाचार तयार पार्दासम्म शुभकामना दिएको छैन ।

विश्वका अधिकांश मुलुकको नेतृत्वले राष्ट्रपतिमा विजयी बाइडेनलाई शुभकामना दिए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् । राष्ट्रपति पुटिनले वाइडेनलाई वधाई दिन न कुनै ट्वीट गरेका छन्, न टेलिफोन गरेका छन्, न त कुनै वधाई सन्देशसहितको चिठी पठाएका छन् ।

यसैबीच रुसी सरकारी समाचार च्यानलले भने उल्टै अमेरिकी निर्वाचनमाथि प्रश्न उठाउँदै कडा आलोचना गरेको छ । रुसी सरकारी च्यानलका विवादास्पद कार्यक्रम सञ्चालक दिमित्री किस्लेभले अमेरिकी निर्वाचनका बारेमा थुप्रै प्रश्नहरु उठाएका छन् ।

उनले आफ्नो साप्ताहिक कार्यक्रममा भनेका छन्, ‘अमेरिकी चुनाव प्रणाली यति परम्परावादी र पुरानो छ कि यो डाइनोसर जतिक्कै पुरानो छ । म यसलाई लोकतान्त्रिक भन्न सक्दिन ।’

उनले भने, ‘अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्रयाट्सहरुले ब्यालेट कब्जा गरेको आरोप लगाइरहेका छन् । उनले आफूलाई हराउनका लागि षडयन्त्र गरेको आरोप समेत लगाइरहेका छन्, यद्यपि, ट्रम्पले आरोप प्रमाणित गर्ने कुनै प्रमाण भने जुटाउन सकेनन् ।’

रसियामा किसलेवलाई पश्चिमी देशहरुकाविरुद्ध बोल्ने कार्यक्रम सञ्चालक भनेर चिनिन्छ । उनले निर्वाचनका बेला ट्रम्पको भाषण बीच बीचमा काट्ने अमेरिकी टिभी च्यानलहरुको पनि कडा आलोचना गरेका छन् । त्यस्तै चीनले पनि आइतबारसम्म बाइडेनको जितप्रति कुनै प्रतिक्रिया जनाएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७