अभिनेता गजित विष्टलाई कोरोना संक्रमण


२४ कार्तिक २०७७, सोमबार
Gajit

काठमाडौं, २४ कार्तिक । अभिनेता गजित बिष्टलाई पनि कोरोना संक्रमण भएको छ । शनिबार गराएको कोरोना पिसिआर टेष्टमा उनको रिपोट पोजेटिभ आएको हो । आफू संक्रमित भएको बिष्टले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

आफूलाई हल्का रुघा बाहेक कुनै पनि लक्षण नदेखिए पनि कट्रयाक ट्रेसिङका आधारमा पिसिआर टेष्ट गर्दा कोरोना पुष्टि भएको उनले बताएका छन् ।

उनले भनेका छन् , ‘कलाकार निर्मल शर्मा दाइको पिसिआर रिपोट पोजेटिभ आएको स्टाटस देखेपछि म उहाँसँग नजिक भएकाले होला धेरै साथीहरुले सोध्नु भयो’ बिष्टले सामाजिक सञ्जालमा लेखेका छन् ‘हल्का रुघाबाहेक मलाई केही लक्ष्यण देखिएको थिएन । पिसिआर टेष्ट गर्दा मेरो पनि रिपोट पोजेटिभ आएको जानकारी गराउँदछु ।’

अबको १४ दिन घरमै बसेर कोरोना मुक्त हुने प्रयास गर्ने बताएका उनले यो २, ३ दिनमा आफ्नो सम्पर्कमा रहेका सबैलाई सचेत रहन आग्रह गरेका छन् । बिष्ट पछिल्लो समय वेभ श्रृंखला, छोटा फिल्म, बिज्ञापन चलचित्र, म्युजिक भिडियो अभिनय र निर्देशनमा ब्यस्त थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७