नेकपा विवाद : कार्यदल सदस्य प्रधानमन्त्रीसँग छलफल नै नगरी फिर्ता, जनार्दन र पम्फा गएनन्


२४ कार्तिक २०७७, सोमबार
1e81eb9bcacc42595eea66b37769406b w1000 h500 cp

काठमाडौं, २४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधान गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका गर्न बालुवाटार पुगेका विवाद समाधान कार्यदलका सदस्यहरु छलफल नै नगरी फर्किएका छन् ।

पार्टीभित्रको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाएपछि बालुवाटार पुगेका कार्यदल सदस्य त्यतिकै फर्किएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिएका छन् ।

‘आज प्रधानमन्त्रीसंँग भेट गरेर भदौ २६ को निर्णय कार्यान्वयनमा कहाँ समस्या परेको हो भन्ने विषयमा छलफल गर्न बालुवाटार गएका थियौं’, रावलले भने, ‘तर कार्यदलमा रहेका जनार्दन शर्मा र पम्फा भुसाल आउनु भएन अनि प्रधानमन्त्रीलाई भेट नगरी फर्कियौं ।’

बालुवाटारको छलफलमा कार्यदल सदस्य जनार्दन शर्मा र पम्फा भुसाल भने सहभागी भएनन् ।
दिउँसो १२ बजे कार्यदलका ५ जना सदस्य बालुवाटार पुग्दा शर्मा अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका थिए । शर्मा र अध्यक्ष प्रचण्डबीच एक घण्टा भेटवार्तापछि शर्मा खुमलटारबाट बाहिरिएको स्रोतले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्ड र नेता शर्माबीच पार्टीभित्र उत्पन्न समस्या र समाधानका विषयमा विमर्श भएको बुझिएको छ । प्रचण्डसँग भेटवार्ता भएको पुष्टि गर्दै शर्माले भने, ‘अध्यक्षसँगको भेटमा पार्टीमा उत्पन्न समस्या र समाधानका उपायका बारेमा कुराकानी भयो ।’ शर्मा कोभिड–१९ बाट संक्रमित भएपछि झण्डै २२ दिनयता घरबाट बाहिर निस्केका थिएनन् ।

पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच जारी शक्ति संंघर्ष चर्किएको बेला त्यसलाई मत्थर गराउन नेताहरूले सक्रियता देखाएका थिए । विघटन भएको सोही कार्यदलले नै प्रधानमन्त्रीसँग भेटेर छलफल गर्ने तय गरेको थियो । सोमबार महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेट गरेका थिए ।

पार्टीमा विवाद हुँदा साउन ३० गते महासचिव पौडेलको नेतृत्वमा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । सोमबार पौडेलले कार्यदलका सदस्यसहित प्रधानमन्त्री ओलीसँग छलफल गर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७