सिटिजन्स बैंकका ग्राहकहरुले संगम स्विटस् मा १० प्रतिशत छुट पाउने


प्रकाशित मिति : November 9, 2020

काठमाडौं, २४ कात्तिक । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले संगम स्विटस्मा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरुले संगम स्विटस्का काठमाडौं उपत्यका भित्रका कुनैपनि शाखा बाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् ।

नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरु लाभान्वित हुने, विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्