आज आईपीएल उपाधिका लागि सन्दीप लामिछाने आबद्ध दिल्ली र मुम्बई भिड्दै


२५ कार्तिक २०७७, मंगलवार
IPL 2020 1 zvFrb3UtgP

काठमाडौं, २५ कार्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज (मंगलबार) दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स भिड्दै छन् ।

यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने ८ बजे शुरु हुनेछ । मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो ।

पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो । यस सिजनमा मुम्बईले दिल्लीलाई तीन पटक हराएको छ । मुम्बईले यसअघि चार पटक आईपीएलको उपाधि जितिसकेको छ । दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन् । सन् २००८ बाट शुरु भएको आईपीएलको यो १३ औं संस्करण हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७