‘रअ’ र सेना प्रमुखपछि भारतीय विदेश सचिव नेपाल आउँदै


२५ कार्तिक २०७७, मंगलवार
harsabardhan

काठमाडौं, २५ कार्तिक । नेपालसँग सम्बन्ध सुधारका लागि भारतीय विदेश सचिव हर्षबर्द्धन सिङ्ग्रला मंसिर दोस्रो साता नेपाल आउने भएका छन् ।

कात्तिक १९ देखि दुई दिनसम्म भएको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण लगत्तै सिङ्ग्रला नेपाल आउने भएका हुन् । पछिल्लो समय भारत नेपालसँग सम्बन्ध सुधारका लागि अग्रसर देखिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर भारतले नक्सा जारी गरेसँगै नेपालसँग बिग्रेको सम्बन्ध सुधार गर्ने पक्षमा देखिएको छ ।

केही समयदेखि बिग्रिएको नेपाल भारत सम्बन्ध सुमधुर बनाउन सिङ्ग्रलाको भ्रमण तय भएको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । विदेश सचिव पठाउने निर्णय सेना प्रमुख जनरल एमएम नारावनेलाई नेपाली सेनाको मानद पदका सम्मानित भएको केही दिन पछि आएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७