अर्जुन रामपालको घरमा एनसीबीको आठ घण्टा छापा, बुधबार बयान दिन जानुपर्ने


२५ कार्तिक २०७७, मंगलवार
arun rampal e1543237129356

काठमाडौं, २५ कार्तिक । बलिउड अभिनेता अर्जुन रामपालको मुम्बईस्थित घरमा लागुऔषध अनुसन्धान गर्ने भारतीय निकाय नाकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले सोमबार आठघण्टा लामो छापा मारेको छ ।

उनको घरमा खानतलासी गर्दै घरमा रहेका मानिससँग एनसीबीले सोधपुछ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरण अनुसन्धान क्रममा बलिउडभित्र केही कलाकार लागुऔषधमा संलग्न रहेको सूचना पाएपछि एनसीबीले खानतलासी गरिरहेको छ ।

एनसीबीको आधिकारिक सूत्रले सोमबार अर्जुन रामपालको घरमा ८ घण्टासम्म खानतलासी गरेको र उनका मोबाइललगायत इलेक्ट्रोनिक सामान सिज गरेको जानकारी दिएको छ ।

अभिनेता अर्जुनलाई बुधबार बयानका लागि कार्यालयमा उपस्थित हुन सूचना पनि जारी गरेको बीबीसी हिन्दीले जनाएको छ । यसअघि एनसीबीले धेरै कलाकारसँग बयान लिइसकेको छ, जसमा अभिनेत्री दीपिका पादुकोण पनि एक हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७