राधिका तामाङ प्रदेश–३ को उपसभामुखमा निर्विरोध


२८ माघ २०७४, आईतवार
radhika tamang

काठमाण्डों, २८ माघ : प्रदेश–३ को उपसभामुखमा माओवादी केन्द्रकी राधिका तामाङ निर्विरोध भएकी छन् । अरु उम्मेद्वारी नपरेपछि उनी निर्विरोध बनेकी हुन् । कांग्रेसले उपसभामुख आफूले पाउनु पर्ने दाबी गरे पनि उम्मेद्वारी नै दिएन ।radhika tamang

नुवाकोट क्षेत्र नम्बर– १ को ‘क’ बाट निर्वाचित ३४ वर्षीया प्रदेश सदस्य तामाङ माओवादी केन्द्रीय सदस्य र पूर्व कृषि राज्यमन्त्री हुन् । तामाङले माओवादी सशस्त्र विद्रोहका क्रममा ६०६१ मा नुवाकोटमा जनसरकार प्रमुखको भूमिका निर्वाह गरेकी थिइन् । दोस्रो संविधानभामा सभासद रहेकी उनी कृषि राज्यमन्त्री भएकी थिइन् । तामाङले वाम गठबन्धनबाट उम्मेद्वारी दिएकी थिइन् ।

उनको प्रस्तावकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल र समर्थकमा माओवादीकी उपनेता कुमारी मोक्तान छिन् । एमालेका सानु श्रेष्ठ सभामुख निर्वाचित भएका छन् । वाम गठबन्धनका उम्मेद्वार उनी पनि निर्वारोध निर्वाचित भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७