औपचारिक बैठकको तयारी बढेपछि प्रचण्ड भेट्न खुमलटार पुगे मुख्यमन्त्री पोखरेल


२५ कार्तिक २०७७, मंगलवार
shankhar pokhrel

काठमाडौं, २५ कार्तिक । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सचिवालय बैठकको तयारी अगाडि बढाएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले तत्काल सचिवालय वैठक नबोलाए आफै औपचारिक वैठक राख्ने बताइरहेका बेला आज (मंगलबार) विहान प्रचण्ड निवास खुमलटार पुगेका मुख्यमन्त्री पोखरेलले भेटघाट गरेका हुन् ।

सचिवालय बैठकको लागि प्रधानमन्त्री अध्यक्ष ओलीसँग सहमति लिने प्रयास सफल नभएपछि प्रचण्डले सचिवालयको बैठक मंगलबार राख्ने तयारी गरिरहेका बेला पोखरेल उनलाई भेट्न खुमलटार पुगेका हुन् ।

भदौ २६ को स्थायी समितिको निर्णय कार्यान्वयन गरेर पार्टीभित्र देखिएको विवाद समाधान गर्नुपर्ने बताउँदै आएका पोखरेलले अध्यक्ष प्रचण्डलाई भेट गरेका हुन् । पार्टीभित्र दुई अध्यक्षबीच सम्बन्ध चिसिंइरहेका बेला पोखरेलले दुवैलाई मिलाउने भूमिका निभाउदै आएका छन् ।

आज प्रचण्ड बैठक राख्ने तयारीमा रहेपछि त्यसलाई रोक्ने प्रयास स्वरुप प्रधानमन्त्री ओलीको सन्देशसहित उनी खुमलटार गएको हुनसक्ने स्रोतले बताएको छ । बैठक राख्ने सहमति लिनका लागि प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले अध्यक्ष ओलीलाई दिएको दुई दिने म्याद सोमबार बेलुका सकिएको छ ।

त्यसपछि प्रचण्ड–माधव नेपाल समूहले आज (मंगलबार) सम्म प्रधानमन्त्रीको कदमलाई पर्खिने बताएको छ । प्रधानमन्त्री ओलीको सन्देश लिएर सोमबार महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए ।

उनले पनि बैठकका लागि ठोस प्रस्ताव नै नल्याएपछि प्रचण्डले कार्यकारी अधिकार प्रयोग गरेर बैठक राख्न लागेको प्रचण्ड निकट नेताहरुले बताएका छन् । कार्यकारी अध्यक्ष ओलीले औपचारिक वैठक बोलाउने चेतावनी दिइरहेका बेला अध्यक्ष ओलीले भने विधान अनुसार वैठक बस्ने बताइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७