‘सुसाइड नोट’ लेखेर भक्तपुरका डाक्टर दिगम्बर झा बेपत्ता


२५ कार्तिक २०७७, मंगलवार
digambar jha baAIoGopCu

भक्तपुर, २५ कार्तिक । भक्तपुरको द डेण्टल सिटीका निर्देशक डा. दिगम्बर झा ‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका छन् ।

डा. झा सुसाइड नोट लेखेर बेपत्ता भएको जानकारीपछि महानगरीय प्रहरी परिसर भक्तपुरले खोजीलाई तीब्रता दिएको एसपी तारादेवी थापाले बताइन् । उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् ।

बिहान ५ बजेतिर बा.१६ च. ८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा र उनको बुवा, आमा र बहिनीहरुको सम्बन्ध राम्रो नभएको जनाइएको छ । घरबाट निस्केको दुई घण्टामा उनी काभ्रे पुगेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

‘उँहाको खोजी भइरहेको छ’ एसपी थापाले भनिन्, ‘फेसबुक पेजमा सुसाइड नोट लेखेको भेटिएको छ ।’ फेसबुक पेजमा सुसाइड नोट लेखेको देखेपछि उनका सहकर्मी डाक्टर निरञ्जन चालिसेले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७