विद्युत आयोजनामा बम विष्फोट, बम पड्काएको आशंकामा तीन जना पक्राउ


२८ माघ २०७४, आईतवार
bom

सुर्खेत, २८ माघ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विष्फोट गराएको छ ।bom

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिबार राति साढे १० बजेतिर विस्फोट गराएको जनाइएको छ ।
उक्त समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ ।

कार्यालयको सुरक्षार्थ खटिएका प्रहरीले भने आफूले विस्फोट पछि के भयो केही थाहा नपाएको बताएका छन् । घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७