२०७७ कार्तिक २६ गते बुधबारको तपाईको राशिफल


२६ कार्तिक २०७७, बुधबार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मित्र वा आफन्तबाट सहयोग मिल्ने छ । भूमिबाट पनि लाभलिन सकिने छ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक महत्वको क्षेत्रमा भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आफन्तले चुनौतीबाट मुक्त हुन सहयोग गर्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज आकस्मिक लाभ प्राप्त हुने सम्भावना छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने र हिम्मत बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । व्यापारबाट सोचे जस्तै लाभ प्राप्ति हुने योग छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । प्राविधिक काममा सफलता मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक कार्य अघि बढ्ने छ । आकस्मिक धनलाभ र आर्थिक क्षेत्रमा सफलता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्ने र बौद्धिकताको विकास हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धर्म, कर्म, परोपकार तथा समाज सेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगारको अवसर मिल्ने छ, तर मन भने कमजोर रहन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनवाश्यक र दैनिक व्यवहारमा खर्च बढ्न सक्छ, तर सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कतै घुम्न जाने योजना बन्न सक्छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले काम सम्पन्न हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आँटेको काममा सफलता नमिल्न सक्छ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ, तर धार्मिक कार्यमा मन लाग्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज विद्या र बुद्धिको विकास हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७