आन्दोलनरत स्वास्थ्यकर्मीका माग सम्बोधन गर्ने राज्यमन्त्रीको प्रतिबद्धता


२६ कार्तिक २०७७, बुधबार
bir analdolan

काठमाडौं, २६ कार्तिक । कोभिड–१९ जोखिम भत्ता, पर्याप्त सुरक्षा सामग्री र सेवा विस्तार भत्ता माग गर्दै आन्दोलनरत वीर अस्पतालका स्वास्थ्यकर्मीको माग सम्बोधन गरिने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतले प्रतिबद्धता जनाएका छन् ।

राउतले यथाशक्य छिटो माग पूरा गर्ने वाचा गरेका हुन् । आन्दोलन थालेको चार महिना बितिसक्दा पनि अस्पताल प्रशासनले सुनुवाइ नगरेपछि मन्त्रालय गुहार्नुपरेको स्वास्थ्यकर्मी खुबराज आचार्यले बताए ।

आन्दोलनरत स्वास्थ्यकर्मीले राज्यमन्त्री राउतसमक्ष कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता, शैक्षिक भत्ता, तलब भत्ता, औषधि खरिद खर्च, दसैं खर्चलगायत सुविधा उपलब्ध गराइदिन माग गरे ।

कोभिड संकट सुरु भएसँगै स्वास्थ्यकर्मीले पाइरहेको सुविधा र जोखिम भत्ता उपलब्ध नभएपछि स्वास्थ्यकर्मीले अस्पतालपरिसरमा दैनिक धर्ना दिइरहेका छन् । पञ्जा, मास्क, स्यानिटाइजर, भाइजर, चस्मा, पिपिईलगायत स्वास्थ्य सुरक्षा सामग्री आफैले खरिद गर्नुपरेको गुनासो उनीहरूको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७