साढे ११ लाखसहित १४ जना जुवाडे पक्राउ


२६ कार्तिक २०७७, बुधबार
Juwa Tas Khal 1536x900 1

लमजुङ, २६ कार्तिक । लमजुङमा प्रहरीले जुवा तास खेल्नेहरूलाई साढे ११ लाख रुपियाँसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १४ जना रहेका छन् । प्रहरीले पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– १ सरेदीमा रहेको एक कृषि फर्मबाट ती जुवाडे र नगद बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरू लमजुङका अतिरिक्त तनहुँ, कास्की र गोरखा जिल्लाका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरू लमजुङको सुन्दरबजार– ४ बस्ने ३९ वर्षीय देवदोङ, सोही नगरपालिका– ९ बस्ने ५० वर्षीय रामबहादुर गुरुङ, सोही नगरपालिका– ७ को ५० वर्षीय कृष्णबहादुर अधिकारी, ३० वर्षीय गोरबहादुर गुरुङ र ६० वर्षीय कुलबहादुर गुरुङ छन् ।

पक्राउ पर्नेमा सोही वडाको ४५ वर्षीय रामचन्द्र घर्ती । ३५ वर्षीय योगेन्द्र श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए । पक्राउ पर्ने अन्यमा लमजुङको मध्यनेपाल– ३ बस्ने ३१ वर्षीय सन्देश थापा छन् ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका– ३ बस्ने ४२ वर्षीय सुरेन्द्र मगर, तनहुँकै भानु नगरपालिका– १ बस्ने ३७ वर्षीय कृष्णप्रसाद सापकोटा र तनहुँकै ब्यास नगरपालिका– ११ बस्ने ४२ वर्षीय प्रेमबहादुर अधिकारी तथा गोरखा जिल्लाको गोरखा नगरपालिका– ११ बस्ने ४० वर्षका नरेन्द्र तामाङ र आकाश तामाङ रहेका छन् । कास्की जिल्लाको रुपा गाउँपालिका– ७ बस्ने रामबावु भट्टराई रहेको प्रहरीले जनाएको छ ।

मध्यनेपाल नगरपालिका– १ सरेदीमा सुदिप थापाले सञ्चालन गरेको कृषि फर्ममा हारजितको बाजी राखि जुवा तास खेलाएको छ भन्ने बिशेष सूचना(सुराकी)को आधारमा यस कार्यालयबाट कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता ओमप्रकाश पुनले बताए ।

फर्मलाई प्रहरीले घेराबन्दी गरी जुवा तास खेल्ने निम्न स्थानमा फेला परेका जुवाडे मानिसहरूलाई नियन्त्रणमा लिई नियमानुसार खानतलासी गर्ने क्रममा जुवाको खालबाट नगद ११ लाख ४७ हजार ८४२ रुपियाँसहित सिल प्याक तास ३ गड्डी र खुल्ला तास ३१५ पत्ति बरामद गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७