विहारमा फेरि एनडीए गठबन्धनलाई बहुमत, नितिशकुमार मुख्यमन्त्री बन्दै


२६ कार्तिक २०७७, बुधबार
india

काठमाडौं, २६ कार्तिक । भारतको बिहार राज्य विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र जनता दल युनाइटेडसहितको गठबन्धनले पूर्ण बहुमत प्राप्त गरेको छ ।

२४३ विधानसभा सीटका लागि भएको निर्वाचनमा एनडीएले १२५ सीट जितेको छ । भाजपाले ७५ र जेडयूले ४३ सीट जितेको छ । विहारमा सरकार बनाउन १२२ सीटको बहुमत आवश्यक पर्छ ।

जीतसँगै गठबन्धनले मुख्यमन्त्री रुपमा अघि सारेको नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको छ । एनडीएको प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको आरजेडी र कांग्रेसलगायतको महागठबन्धनले भने १ सय १० सिट हात पारेको छ ।

महागठबन्धनको नेतृत्व गरेको आरजेडीले ७५ सीट जितेको छ । यो गठबन्धनले लालुका छोरा तेजस्वी यादबलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । कोराना महामारीका बीच तीन चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा ५७ प्रतिशत भन्दा बढी मत खसेको थियो ।
निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले तेजश्वी नेतृत्वको महागठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७