पार्टीभित्र आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री किमाथांका भ्रमणमा, छैनन् विशेष कार्यक्रम


२६ कार्तिक २०७७, बुधबार
PM KP Sharma Oli 2

काठमाडौं, २६ कार्तिक । आन्तरिक विवादले पार्टी फुटको दिशातिर अगाडि बढिरहेका बेला प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) संखुवासभा भ्रमणमा निस्किँदै छन् ।

प्रधानमन्त्री ओली आज बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग जोडिएको संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका पुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङ, राष्ट्रियसभा विधायन व्यवस्थान समिति सभापति परशुराम मेघी गुरुङ र संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमसहितको टोलीसहित किमाथांका नाका निरीक्षण गर्न कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले भोटखोला गाउँपालिका–१ मा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट अनुगमन गरी राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्गको समेत अनुगमन गर्न च्याम्ताङ पुग्ने संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिएका छन् ।

यस्तै ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको ड्याम साइड निरीक्षण गर्न पनि कार्यक्रम रहेको छ । यस्तै फ्याक्सिन्दामा प्रधानमन्त्री ओलीले जिल्लाका नेता कार्यकता, जनप्रतिनिधि र स्थानीयसँग भेटघाट तथा छलफल कार्यक्रम गर्ने र आजै दिउँसो ३ बजे काठमाडौं फर्किने कार्यक्रम रहेको सांसद राजेन्द्र गौतमले जानकारी दिए ।

छैनन् विशेष कार्यक्रम
प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपल्ट मृगौला प्रत्यारोपण गरेपछि पहिलोपल्ट उपत्यका बाहिरको भ्रमणमा निस्किएका हुन् । केहि आयोजना अनुमन र जनप्रतिनिधिसँगको भेटघाट भए पनि यो विशेष गरी भ्रमण नै रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७