यौन सम्पर्क गर्न वाध्य पारेको भन्दै डाक्टरलाई टुक्रा–टुक्रा पारेर पकाइन् नर्सले, दिइयो मृत्युदण्ड


२६ कार्तिक २०७७, बुधबार
nurse RK6tO1GPSf

काठमाडौं, २६ कार्तिक । यौन सम्बन्ध स्थापित गर्नका लागि ब्ल्याकमेल गर्ने आफ्ना सहकर्मी डाक्टरलाई हत्या गरेर, टुक्राटुक्रा पारेर पकाउने नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

चीनको स्थानीय मिडियालाई उद्धृत गर्दै मिरर डटकमले बताए अनुसार २५ वर्षीया ली फेङ्गपिङ्ग आफू कार्यरत अस्पतालका अर्थोपेडिक्सका उप–प्रमुख लुओ युआनजियानसँग यौन सम्बन्ध स्थापित गर्न बाध्य भएकी थिइन् ।

स्रोतका अनुसार नर्स लीलाई जुवाको अत्यधिक लत लागेको थियो । जुवा खेल्नका लागि उनले सहकर्मी ती डाक्टरसँग उधारो लिएकी थिइन् तसर्थ उनलाई उधारो तिर्नका लागि डाक्टरले हप्तामा तीन पटक यौन सम्बन्ध स्थापित गर्नका लागि बाध्य पारेका थिए ।

रिपोर्टका अनुसार नर्स लीलाई सो कुरा चित्त बुझिरहेको थिएन तसर्थ उनले डाक्टरमाथि बदला लिने सोच बनाइन् । घटना युलिन पिपल्स अस्पतालको पछाडि रहेको नर्सको भाडाको घरमा मार्च २३ तारिखमा घटित भएको हो ।

प्रहरीका अनुसार लीले डाक्टरको हत्या गरेर शरीरका केही अंगलाई पकाएर ट्वाइलेटमा फ्लश गरेकी थिइन् । प्रहरीले लीको घरबाट डाक्टरको टुक्राटुक्रा पारेको शव निकालेको थियो ।

राज्य सञ्चालित पत्रिका सोहूका अनुसार लीलाई यो विभत्स हत्याका लागि मृत्युदण्डको सजाय तोकिएको छ । यसबाहेक लीमाथि ११ हजार पाउन्डको जरिवाना पनि तोकिएको छ । ली दक्षिण चीनको यूलिन शहरमा बस्छिन् । यद्यपि, उनलाई कहिले मृत्युदण्ड दिइनेछ, त्यो भने स्पष्ट भएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७