कतारका राजकुमारले गरे ६,८१२ मिटर उचाइको आमादब्लम हिमालको आरोहण


२६ कार्तिक २०७७, बुधबार
1

काठमाडौं, २६ कार्तिक । कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले आमादब्लम हिमाल आरोहण गरेका छन् ।

राजकुमार शेख मोहमदसहितको टोली बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिएका छन् ।

qatar 3

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहित अमेरिकन र क्यानेडियनको टोली दशैंको दिन काठमाडौंबाट लुक्ला प्रस्थान गरेको थियो । टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।

qatar 2

सोलुखुम्बु जिल्लामा अवस्थित ६ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

qatar

यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले २९ असोजमा ८ हजार १५६ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेको थियो । सोही टोलीले १७ असोजमा ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल पनि चढेको थियो । अहिले हिमाल आरोहणको सिजन हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७