विश्वमै लामो समय प्रधानमन्त्री रहेका बहराइनका प्रधानमन्त्री खलिफाको निधन


२६ कार्तिक २०७७, बुधबार
thumb 3

काठमाडौं, २६ कार्तिक । बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको छ ।

मायो क्लिनिक हस्पिटलमा खलिफाको मृत्यु भएको बताइएको छ । उनको मृत्युको कारणबारे हालसम्म बहराइनको राजदरबारले कुनै विषय सार्वजनिक गरेको छैन ।

बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जनाएको छ ।

उनी विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति भएको अल्जजिराले जनाएको छ । खलिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए। हालसम्म पनि उनी प्रधानमन्त्री थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७