धरानेहरुको ‘प्रिय सर’ प्रदीप भण्डारी प्रदेशसभा १ को सभामुख


२८ माघ २०७४, आईतवार
Pradipa bhandari Sunasari

सुनसरी २८ माघ :  नेकपा (एमाले)ले प्रदेश १ को प्रदेशसभा सभामुखमा प्रदीप भण्डारीको नाम सिफारिस गरेको छ । सुनसरी १ ‘क’ बाट निर्वाचित प्रदेश सांसद भण्डारीलाई एमालेले सभामुखको उम्मेदवारमा अघि सारेको हो । उनी माधव नेपाल निकट हुन् ।

Pradipa bhandari Sunasari

प्रदेशसभा १ मा सभामुखका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम छ भने सोमबार निर्वाचन रहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सहमति अनुसार प्रदेश १ मा सभामुख र मुख्यमन्त्री एमाले नै रहनेछन् । उपसभामुख भने नेकपा माओवादी केन्द्रबाट हुनेछ । संसदीय दलका नेता यसअघि नै पूर्व सञ्चारमन्त्री समेत रहेका शेरधन राई निर्वाचित भइसकेका छन् । निर्वाचित भए लगत्तै राईले सबैलाई समेटेर लैजाने बताएका छन् ।

को हुन् भण्डारी ?
सङ्खुवासभाको चन्दनपुरमा २०१२ सालमा जन्मेर सुनसरीलाई कर्मथलो बनाउदै आएका भण्डारी धरानको राजनीतिमा मात्रै शैक्षिक क्षेत्रको पनि अगुवा हुन् । धरानको चर्चित शिक्षा सदन माविमा झण्डै ३७ बर्ष पढाएका भण्डारी शैक्षिक नीति शिक्षा प्रणालीका ज्ञाता हुन् । उनले सहायक प्राध्यानाध्यापकको रुपमा सेवा गरेर २ बर्ष अघि मात्र अवकास लिएका थिए ।

तीन दसक बढी शिक्षण पेशामा बिताएका भण्डारीले धरानका धेरै अगुवा नेताहरुको गुरु समेत भएको एमाले यूवा नेता भिम राईज्वाला बताउँछन् । हालका प्रतिनिधिसभा सदस्य जय राई पनि उनकै विद्यार्थी हो । धरानमा पार्टी नेता तथा कार्यकर्ताहरुले समेत उनलाई प्रदीप सर भनेर बोलाउने ज्वाला बताउँछन् । ज्वाला भन्छन्, ‘प्रदीप सर, नेताका रुपमा मात्रै होइन शिक्षा क्षेत्रका अगुवाका रुपमा पनि सबैले आदर र सम्मान गर्ने सम्मानित व्यत्तित्व हुनुहुन्छ, उहाँ धरानेहरुको प्रिय प्रदीप सर हुनुहुन्छ ।’

भण्डारी जस्तो निष्कंलक र अनुवभी नेता सभामुखको रुपमा पाउनु सबैको लागि गर्वको बिषय भएको ज्वाला बताउँछन् । उनी भन्छन्,‘प्रदीप सर केवल पार्टीभित्र मात्रै होइन सबैको बिचमा उत्तिकै लोकप्रिय र सम्मानित हुनुहुन्छ ।’

धरान–१३ का स्थायी वासिन्दा भण्डारीको शिक्षा क्षेत्रमा जति योगदान छ त्यो भन्दा बढि राजनितिक क्षेत्रमा पनि उतिकै योगदान छ । भुमिगत काल २०२७ सालमा विद्यार्थी युनियनमा रहेर उनले राजनिति शुरु गरेका थिए । शिक्षा सेवासँगै उनी राजनितिमा क्रियाशिल भए । २०२८ सालमा एसएलसी पछि वासु शाक्यसँगै आन्दोलनमा सरिक हुदा उनी गिरफतारमा परेका थिए ।

८ दिनसम्म धनकुटा कारागारमा उनलाई राखियो । त्यस पछि धरानमा मजदुरी जीवन व्यतित गर्दै आएका थिए । ६२ बर्षे जीवन कालमा उनले मजदुर, आन्दोलन, शैक्षिक आन्दोलन लगायतका धेरै राजनीतिक आन्दोलनका मोर्चामा सामेल भए । लामो कालखण्ड देखिको सकृयताले उनलाई राजनीतिमा पनि उचाईमा पु¥याएको छ । नेकपा एमाले धरान नगरकमिटिको नेतृत्व गर्दे जिल्ला सचिवालय सदस्यको रुपमा लामो समय पार्टीमा काम गरेका भण्डारी राष्ट्रिय राजनितिमा समेत पहुँच राख्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७