चिसो बढेपछि हिमाली गाउँबाट सदरमुकाम फर्कियो प्रहरी टोली


२७ कार्तिक २०७७, बिहीबार
Humla namkha

हुम्ला, २७ कार्तिक । हिमाली उपत्यका लिमीमा चिसो बढेपछि नाम्खा गाउँपालिका–६ सुनखानीमा रहेको प्रहरी टोली सदरमुकाम सिमकोट फर्किएको छ । प्रत्येक वर्ष जेठमा सीमा क्षेत्रमा राखिने प्रहरी चौकी चिसो बढेसँगै सदरमुकाम फर्किने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर सीताराम विष्टले प्रहरी टोली अब अर्को वर्ष जेठमा मात्रै सुनखानी फर्किने बताए । चिसो बढेको र हिमपात सुरु भएपछि फिर्ता आउन कठिन हुने भएकाले सीमामा खटिएको प्रहरी मौसम सफा हुँदै सदरमुकाम फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी चौकीबाट सीमा क्षेत्र टाढा भएकाले गस्ती जानसमेत नसक्ने नाम्खा गाउँपालिका–६ का अध्यक्ष पाल्जोर तामाङले बताए । सईको नेतृत्वमा २३ प्रहरीको दरबन्दी भए पनि यस वर्ष सात प्रहरी मात्रै चौकी पुगेका थिए । सुनखानी प्रहरी चौकीभन्दा बस्ती एक घन्टा टाढाको दूरीमा छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७