कलङ्कीमा विहानै डरलाग्दो दुर्घटना : ट्रकले ट्रकलाई ठक्कर दिंदा तीन जनाको मृत्यु


२७ कार्तिक २०७७, बिहीबार
2020 11 12 Accident

काठमाडौं, २७ कार्तिक । काठमाडौंको कलङ्कीमा आज (बिहीबार) बिहानै पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिंदा तीन जनाको ज्यान गएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङमा राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिएको हो । दुर्घटनामा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ८८६५ नम्बरको ट्रक कुखुरा बोक्ने ट्रक हो ।

दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाँउपालिकाका २४ वर्षीय रोशन तामा, नुवाकोट तारकेश्वरका ३७ वर्षीय माधव घिमिरे र एक जना अन्यको शहीद मेरोरियर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहराले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७