प्रदेश–६ को सभामुखमा राजबहादुर शाही निश्चित


२८ माघ २०७४, आईतवार
sahi

काठमाण्डौं, २८ माघ : प्रदेश नम्बर–६ को सभामुखमा सांसद राजबहादुर शाहीले जित्ने निश्चित जस्तो भएको छ ।
एमालेले आफ्नो भागमा परेको प्रदेश–६ को सभामुखको उम्मेद्वार शाहीलाई आज उम्मेद्वार चयन गरेको हो ।sahi

शाही दैलेख क्षेत्र नं. २ प्रदेश (ख) बाट निर्वाचित सांसद हुन् । सोमबार सभामुखको चुनाव हुने भएपछि एमाले आज शाहीलाई सर्बसम्मत उम्मद्वार बनाएको हो । सर्बसम्मत रुपमै राजबहादुरलाई सभामुखको उम्मेद्वार चयन गरिएको सांसद प्रकाश ज्वालाले जानकारी दिएका छन् ।

सभामुखको टुंगो लगाउने जिम्मा प्रदेश–६ का संसदीय दलका नेता यामलाल कंडेल र सांसद प्रकाश ज्वालालाई दिइएको थियो । मुगु प्रदेश (ख) बाट निर्वाचित चन्द्र शाहीले पनि सभामुखमा दावी गरेका थिए । प्रदेश–६ मा सभामुखको चुनाव सोमबार हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७