राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने


२७ कार्तिक २०७७, बिहीबार
chitra bahadur kc

काठमाडौं, २७ कार्तिक । कोरोना संक्रमणपछि मेडिसिटी अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

बिहीबार सम्पन्न मन्त्रिपरिषदको वैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्योहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।

ch

‘आज सम्पन्न मन्त्री परिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु’, अर्थमन्त्री पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । अर्थमन्त्री पौडेलले अध्यक्ष केसीको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

ज्वरो, रुघाखोकी लगायतका स्वास्थ्य समस्या देखिएपछि मंगलबार मेडिसिटी अस्पतालमा भर्ना भएका अध्यक्ष केसीको बुधबार कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । केसीको स्वास्थ्य अवस्था अहिले सुधार हुँदै गइरहेको छोरी रितु केसीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७