गण्डकी प्रदेशका चार विधेयक प्रमाणीकरण


२७ कार्तिक २०७७, बिहीबार
amik serchan

गण्डकी, २७ कार्तिक । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार विधेयक प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका हुन् ।

ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको व्यवस्था गर्न बनेको विधेयक, खेलकुदको विकास गर्ने व्यवस्था गर्न बनेको विधेयक, विकास प्राधिकरणको स्थापना र सञ्चालन गर्ने व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा कृषि व्यवसाय प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन् ।

यसअघि ती विधेयक गण्डकी प्रदेशसभाबाट पारित भई सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७