प्रधानमन्त्री निवासमै बन्यो अत्याधुनिक हेलिप्याड


२७ कार्तिक २०७७, बिहीबार
baluwatar h

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण भएको छ ।

नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार निर्माण हेलिप्याड निर्माण कार्य सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बुधबार नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा नव निर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको प्रेस सल्लाहकार थापाले बताएका छन् ।

संखुवासभाको कार्यक्रमबाट साँझ निवास फर्किदा पनि नव निर्मित हेलिप्याडमै अवतरण गरिएको थियो । यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान–आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७