‘अलिबाबा’ ले एकै दिन ८८ खर्बको व्यापार गर्दै तोड्यो विश्व रेकर्ड

हरेक सेकेण्डमा ५ लाख अर्डर


२७ कार्तिक २०७७, बिहीबार
alibaba

काठमाडौं, २७ कार्तिक । चीनको इ–कमर्स कम्पनी अलिबाबाले एकै दिन ७४ अर्ब डलर रुपैयाँको व्यापार गरेको छ ।

नोभेम्बर ११ अर्थात सिंगल ‘डे’ को अवसरमा अलिबाबाले ४९८ दशमलव २ बिलियन यूआन अर्थात् ७४ अर्ब डलरको व्यापार गरेको हो । यो रकम नेपालीमा रुपान्तरण गर्दा ८८ खर्ब रुपैयाँ हुन आउँछ । जुन नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीको दुई गुणाभन्दा धेरै हो ।

अलिबाबाले एकै दिन गरेको ७४ अर्ब डलरको व्यापार अहिलेसम्म कुनै पनि कम्पनीले एकै गरेको व्यापारमध्ये सबैभन्दा धेरै रहेको निकेइ एसियाले जनाएको छ । नोभेम्बर ११ लाई अलिबाबाले सिङ्गल ‘डे’ को रुपमा व्यापार गर्दै आएको छ ।

अलिबाबाले गरेको यो व्यापार पश्चिमा देशमा हुँदै आएको ब्ल्याक फ्राइडे र साइबर मन्डे दुवै जोड्दा पनि धेरै हुन आउँछ । अलिबाबाले सिङ्गल ‘डे’ मा अमेरिकामा मात्रै ५ अर्ब डलरको व्यापार गरेको छ ।

अलिबाबाबाट सामान किन्नको लागि बुधबार बेलुका हरेक सेकेन्डमा ५ लाखभन्दा धेरै अर्डर प्राप्त भएका थिए । अलिबाबाले गएको वर्षको सिङ्गल ‘डे’ भन्दा यो वर्षको सिङ्गल ’डे’ मा २६ प्रतिशत धेरैको व्यापार गरेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७