भीर खनेर भालुवन पुग्ने गोरेटो बाटो निर्माण


२७ कार्तिक २०७७, बिहीबार
6 1

गोरखा, २७ कार्तिक । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिँड्नका लागि करीब तीन किलोमिटर भिरमा थालिएको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

वर्षौँदेखि छङ्गाछुर भीरमा भुण्डिएर हिँड्नुपर्ने भालुवनबासीका लागि दैनिक आउजाउमा सहज बनाउन विश्व खाद्य परियोजनाले पूर्णिमाको कार्यक्रमसँगको साझेदारीमा बाटो निर्माण शुरु गरेको हो ।

वडाध्यक्ष रामकुमार गुरुङले ३ दशमलव २३ किलोमिटर दूरीमा ढुङ्गाको सिँढी बनाएर करीब चार फिट चौडाइको बाटो निर्माणको काम भइरहेको बताए । करीब ४३६ मिटर भागमा भने रेलिङ बनाएर जाली लगाउने काम भइरहेको छ ।

मनास्लु संरक्षण क्षेत्रभित्रको उक्त बाटो तिहारलगत्तै निर्माण सम्पन्न हुने निर्माणमा खटिनुभएका इञ्जिनीयर आशिष श्रेष्ठले बताए ।

चुमनुब्रीमा फोरजी सेवा शुुरु हुँदै
विकट हिमाली क्षेत्र चुमनुब्री गाउँपालिकमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आउने भएको छ ।

इन्टरनेटको पहुँच नपुगेको त्यस क्षेत्रमा ढिलोमा तीन महिनाभित्र फोरजी सेवा सञ्चालनमा आउने नेपाल टेलिकम गोरखा शाखाका प्रमुख राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाको सिर्दीवासस्थित न्याक डाँडा, चुम्चेत र विहीमा २५ फिट अग्लो टावर निर्माण गरी फोरजी सेवा प्रदान गर्न लागिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७