भारतले तयार गर्‍यो ४ करोड कोरोना खोप, लगाउन १६ सय जनाले गराए नाम दर्ता


२७ कार्तिक २०७७, बिहीबार
korona khop 1

काठमाडौं, २७ कार्तिक । भारतमा कोरोना संक्रमण बढिरहेका बेला खुशीको खबर सार्वजनिक भएको छ ।

त्यहाँको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर विकास गरेको कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार पारिएको बिहीबार जानकारी दिएको हो ।

साथै यसको तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण (ट्रायल) का लागि १ हजार ६ सय जनाको नाम समेत दर्ता भइसकेको कम्पनीले जनाएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को निगरानीमा भारतमा बेलायती कम्पनी (एस्ट्राजेनेका)) ले विकास गरेको ‘कोभिड सिल्ड’ खोपको परीक्षण भइरहेको हो ।

भारतीय कम्पनी एसआइआईले कोभाभ्याक्स खोप उत्पादनका लागि पनि अमेरिकी कम्पनी नोभाभ्याक्ससँग सम्झौता गरिसकेको छ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार नोभाभ्याक्स कम्पनीले एसआइआईसँग मिलेर सने २०२१ मा सय करोड डोज खोप आपूर्ति गर्ने सम्झौता भएको हो । स्रोत : दैनिक भास्कर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७