मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द


२७ कार्तिक २०७७, बिहीबार
Parbat gurung sarkarka prabakta
????????????????????????????????????

काठमाडौं, २७ कार्तिक । सरकारले आउँदो मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द जारी राख्ने निर्णय गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद बैठकले मंसिर ३० सम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द जारी राख्ने निर्णय गरेको हो । सरकारका निर्णय सार्वजनिक गर्न आयोजित प्रेस ब्रिफ्रिङ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले सो जानकारी दिएका हुन् ।

भारतसँग अहिले १० वटा प्रमुख नाकामा मात्रै आवत जावत कायम छ । त्यस बाहेकका नाकामा कडाइ यथावत राखिएको उनले बताए । यसअघि सरकारले भारत आवज जावत गर्ने नाका कात्तिक ३० सम्म बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७