मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजनिक (सूचीसहित)


२७ कार्तिक २०७७, बिहीबार
Parbat gurung Minister MOCI

काठमाडौं, २७ कार्तिक । सरकारका प्रवक्ता एवम् सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज (बिहीबार) मन्त्रिपरिषद बैठकले गरेका विभिन्न २६ निर्णयहरु सार्वजनिक गरेका छन् ।

कात्तिक २० र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गरिएको हो । २० गतेको बैठकले ११ वटा र २४ गतेको बैठकले १६ वटा निर्णय गरेको हो ।

सरकारले कोभिड–१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन समेत दिएको छ ।

सर्वोच्च अदालत र संसदीय समितिको निर्देशनलाई समेत ध्यानमा राख्दै सरकारले यस्तो निर्णय गरेको हो । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले गत शुक्रबार कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई निर्देशन दिएको थियो ।

यसअघि सर्वोच्च अदालतले पनि कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई परमादेश दिएको थियो । आदेशविरुद्ध सरकारले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधबार खारेज गरेको थियो ।

समितिको निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेको हो । बैठकले कोभिड–१९ भ्याक्सिन समयमै आपूर्ति गर्ने व्यवस्था मिलाउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित तीन सदस्यीय समिति समेत गठन गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषद वैठकले गरेका निर्णयहरु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७