लिबियाको खोमस तटमा डुंगा दुर्घटना, ७४ आप्रवासीको मृत्यु


२८ कार्तिक २०७७, शुक्रबार
115419043 9ce242dc 9af1 4d04 8341 fe28ff55fb2a

काठमाडौं, २८ कार्तिक । लिबियाको खोमस तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आप्रवासी रहेको बताइएको छ ।

आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय (आइओमएम) ले जनाएको छ । आइओमएमका अनुसार डुंगामा करिब १२० जना सवार रहेका थिए । डुंगा दुर्घटना भए लगत्तै माझीहरुले ४७ जनाको जीवितै उद्दार गरेको समाचारमा जनाइएको छ । गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटनामा परेको बताइएको छ ।

डुंगामा सवारमध्ये अधिकांश महिला र बालबालिक रहेका थिए । उनीहरुमध्ये ११ जना नवजात शिशुको जीवितै उद्दार गरिएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रसंघीय एजेन्सीका अनुसार यस वर्ष मात्र कम्तिमा नौ सय भन्दा बढीको भूमध्य सागरमा डुबेर मृत्यु भएको छ ।

लिबियालगायतका देशका आप्रवासीहरु भूमध्य सागरको बाटो भएर जोखिमपूर्ण यात्रा गर्ने हुँदा हरेक वर्ष डुंगा दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ । लिबियामा जारी द्वन्द्वका कारण हरेक वर्ष बिस्थापित हुनेको संख्या बढ्दै गएको र भूमध्य सागरको बाटो हुँदै जोखिमपूर्ण यात्रा गर्नेहरुको संख्या वर्षेनी बढ्ने गरेको छ । सोही क्रममा दुर्घटनाका घटनाहरु पनि बढ्ने गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७