बैतडी बस दुर्घटना : प्रहरी जवानसहित मृत्तक ६ को परिचय खुल्यो, तीनको बाँकी


२८ कार्तिक २०७७, शुक्रबार
5df0604c521ea86f5b19090efcaa935d w1000 h500 cp

बैतडी, २८ कार्तिक । बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गए राति बस दुर्घटनामा परी मृत्यु भएका नौमध्ये ६जनाको सनाखत भएको छ ।

बिहीबार राति बैतडीमा भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतकमध्ये बैतडीको दोगडाकेदार–६ का रणबहादुर चन्द र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की कृतिका कार्की छन्। यस्तै ठेगाना खुल्न बाँकी रहेका अन्य ४ मृतकमा नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरी छन्।

मृतक चन्द र ऐरको घटनास्थलमै मृत्यु भएको हो भने कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ऐरको शव बसले च्यापिएकाले निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । अन्य पाँच मृतकको पहिचान हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परी बैतडीको दोगडाकेदार–७ का वीरेन्द्र कार्की, कञ्चनपुरको बेलौरी नगरपालिका–७ का विमला कुँवर, सोही ठाउँका निवेश ऐर, पुनर्वास नगरपालिका–६ की दीपा चन्द, भीमदत्त नगरपालिका–१८ विमला बडु, भीमदत्त नगरपालिका–१८ का सुस्मत जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–१ जनक धानुक, दार्चुलाको गोकुलेश्वरका धन बहादुर खत्री, मार्मा गाउँपालिका–२ मटेलाकी जानकी सिंह, बैतडीको डिलाशैनी गाउँपालिका–४ का लोकेन्द्र बोहरा, अछामकोे चौरपाटी गाउँपालिका–४ अमृत कुमाल, कैलालीको गौरीगंगा नगरपालिका–११ का विरेन्द्र चौधरी, कैलालीको फुलबारी नगरपालिकाका–१८ का लोकेन्द्र बस्नेत, बैतडीको पुर्चुडी नगरपालिकाका सुरज लुहार, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का दशरथ गिरी, शुक्लाफाँटा नगरपालिका–६ का नरमा देवी धामी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की अमृता विक, शुक्लाफाँटा नगरपालिका–६ हर्क धामी, दार्चुलाको सिपटी गाउँपालिकाका पूर्ण टमटा, कैलालीको गोदावरी नगरपालिका–३ का वेद प्रकाश धामी, कञ्चनपुरको बेलाडाँडी गाउँपालिका–३ का नरेन्द्र सिंह साउँद, भीमदत्त नगरपालिका–८ तिलाचौरकी कल्पना कार्की सोही ठाउँकै कौशल साउद घाइते भएका छन्।

उक्त दुर्घटनामा परी घाइते भएका ३४ मध्ये गम्भीर घाइते सात जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । क्षमताभन्दा बढी यात्रु बोकेको बसका चालक निदाएकाले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घाइते भन्छन्, ‘गाडी आकाशमै तीनपल्ट घुम्यो’

दार्चुलाबाट तिहार मनाउन भन्दै कैलाली आउँदै गरेका कैलाली गोदावरीका यज्ञराज कठायतलाई बसले एक्कासी सडक छाड्दा अब बाँचिदैन भन्ने लाग्यो ।

अहिले आफूलाई अस्पतालको शैंयामा पाउँदा उनलाई नयाँ जीवन पाए जस्तै लागिरहेको उनले बताए । बसको अन्तिमतर्फको सिटमा थिए उनी । जब बसले नियन्त्रण गुमायो, उनको होश गुम्यो । ‘आकाशमा गाडी तीनपल्ट घुम्यो, के भयो भनेर अनुमान गर्न नपाउँदै रुखमा बजारिएँ,’ उनले सुनाए ।

बैतडीको दोगडाकेदारका नितेश भट्टको होश खुल्दा घटनास्थलमा हार गुहारको आवाज मात्रै थियो । ‘बचाउ’, ‘बचाउ’ भन्दै रोएका आवाज उनले सुने । बिहीबार ७ बजे कञ्चनपुरका लागि प्रस्थान गरेका उनीलाई त्यो दुर्घटनाको सम्झनाले मात्रै पनि त्रसित बनाउँछ ।

‘बसले सडक छोडेको अनुमान भइसकेको थियो,’ डडेल्धुरा अस्पताल उपचारमा रहेका उनले सुनाए, ‘गाडी घुमेको याद छ । त्यसपछि के भयो थाहै भएन ।’

उनको होश आउँदासम्म त्यहाँ उद्धारकर्मी पुगेका थिएनन् । उनले फोन गरेर सडक दुर्घटना भएको जानकारी दिए । त्यसपछि उद्धार टोली पुग्यो । ‘म आफैं घाइते थिएँ । धेरैले मलाई नै बचाउ–बचाउ भन्दै थिए,’ त्यो पल सम्झँदै उनले भने, ‘एक बालक थिचिएको थियो । उनकी आमाले रुँदै बचाउन भन्नुभयो । मैले सकिनँ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७