एमाले सचिव योगेश भट्टराईले प्रचण्डलाई भने, ‘फड्को हान्ने हुँदा बीचैमा बेहहाल भइएला’


२८ माघ २०७४, आईतवार
yogesh

काठमाण्डौं, २८ माघ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको अहित हुने अवस्था आए वाम एकताबारे सोच्न सकिने खालको अभिव्यक्ति दिएपछि नेकपा एमाले सचिव योगेश भट्टराईले प्रचण्डलाई काउण्टर जवाफ फर्काएका छन् ।yogesh

चितवनमा शनिबार प्रचण्डले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै उनले ट्वीट गरेका छन् । ट्वीटमा उनले लेखेका छन्, ‘अचानक फड्को हान्दा बीचैमा खसेर बेहाल पनि त हुन सकिन्छ नि, कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु त उपन्यासकारहरुतिर पन्छाई दिए राम्रो होला की ?’

प्रचण्डले शनिबार चिवतनमा भएको एक कार्यक्रममा देशको अहित हुन लाग्यो भने अर्को फड्को मार्न सकिने बताएका थिए । प्रचण्डको यो अभिव्यक्ति आएसँग आज नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच वार्ता हुने भएको छ । एकता प्रक्रियामा समस्या आउन नदिन वार्ताको तयारी गरिएको जनाइएको छ ।tw

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७