काठमाडौं प्रशासनको बन्द सेवा मंसिर ३ बाट खुल्ने


२९ कार्तिक २०७७, शनिबार
kathmandu distrik

काठमाडौं, २९ कार्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ ।

काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्दै गएर धमाधम कर्मचारीमै संक्रमण देखिन थालेपछि २५ असोजदेखि अत्यावश्यक बाहेकका कतिपय सेवा स्थगित गर्दै आएको छ ।
प्रशासन कार्यालयले बिहीबार सूचना प्रकाशित गरी नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानी, हतियार दर्ता तथा नवीकरण जस्ता सेवा ३ मंसिरबाट खुला गर्ने जानकारी गरएको हो ।

सो मितिबाट समेत सेवाप्रवाह गरिँदा स्थानीय तहअनुसार निश्चित बार तोकेरै सेवा दिइनेछ । जसअनुसार आइतबार काठमाडौं महानगरपालिकाको वडा नं १ देखि ११ सम्मका सेवाग्राहीले, सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरि नगरपालिकाका सेवाग्राहीले सेवा पाउने छन् ।

यसैगरी मंगलबार काठमाडौं महानगरपालिकाको वडा नं १२ देखि २१ सम्मका सेवा ग्राहीलाई सेवा दिइनेछ । यस्तै बुधबार बूढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिका, बिहीबार काठमाडौं महानगरपालिकाको वडा नम्बर २२ देखि ३२ वडा सम्मका र शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउने छन् । आजको राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७