लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहलाई कोरोना संक्रमण


प्रकाशित मिति : November 14, 2020

काठमाडौं, २९ कार्तिक । इङलिस फुटबल क्लब लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

आफ्नो देश इजिप्टको लागि खेल्न बन्द प्रशिक्षणमा रहेको बेला उनीमा संक्रमण पुष्टि भएको हो । इजिप्टको फुटबल संघ (इएफए) ले एक वक्तव्य जारी गरेर २८ वर्षका सालाहमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण भने नदेखिएको जनाएको छ ।

उनको दोस्रो परीक्षण गर्दा पनि संक्रमण देखिएको हो । इजिप्टको टिमका अरु सदस्यमा भने संक्रमण देखिएको छैन । इजिप्टले अफ्रिका कप अफ नेशन्सको छनौट चरणमा आज टोगोसँग प्रतिष्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्