कोरोना कहरका बेला तिहारको किनमेल (फोटो फिचर)


२९ कार्तिक २०७७, शनिबार
tihar aayo

झापा, २९ कार्तिक । आज (शनिबार) तिहारको दोस्रो दिन कुकुर पूजा र आजै लक्ष्मीपूजासँगै दीपावली गरेर मनाइँदैछ ।

हिन्दू धर्मावलम्बी सबै नेपालीका घर आँगनमा कुकुरलाई टीका तथा माला लगाइ दिएर मीठा–मीठा खानेकुरा खान दिई पूजा गरिँदै छ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ ।

यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ ।

कुकुरलाई भैरवको बहान पनि भनिन्छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ । यसैबीच तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ ।

बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् । मूलद्वारदेखि पूजाकोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् । लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पनि पूजा गर्ने चलन पनि छ ।

लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ । लक्ष्मी पूजापछि आज रातभर पूजाकोठा, घर आगन र टोलमा वत्ति बाल्ने गरिन्छ ।

कोरोनाको कहर भए पनि नेपालीहरुलाई तिहारको चटारोले छोएको छ । बजारमा कोरोनालाई समेत पर्वाह नगरी किनमेल गर्नेहरुको भीड बढेको छ । अहिले देशभरका बजारमा तिहारका लागि आवश्यक सामानहरु किनमेल गर्नेको भीड बढेको छ । तिहारमा आफ्ना दाजुभाइलाई टीका लगाई दिने भएका कारण विशेष गरी बजारमा महिलाहरु किनमेलमा व्यस्त देखिन्छन् ।
तस्विहरुमा हेर्नुस् तिहारको तयारी

१) फूल सङ्कलन गर्दै किशोरी …
बैतडीको दशरथचन्द नगरपालिका-१ गुरुखोलामा फूल सङ्कलन गर्दै एक किशोरी ।

BB Baitadi

२) सामग्री खरिद बिक्रीका लागि भीड …
लक्ष्मी पूजाका दिन शनिबार झलारी बजारमा सामग्री खरिद बिक्रीका लागि लागेको भीड ।

RPP Kanchanpur 1

३) टीकाका सामग्री खरिद बिक्री गरिँदै …
सुनसरी सदरमुकाम इनरुवा-१ स्थित सुपरमार्केट नजिक लक्ष्मी पूजाका दिन शनिबार टीकाका सामग्री बिक्रि गरिँदै ।

AJ Inaruwa

४) माला किनबेच गरिँदै …
पोखरा महानगरपालिका-४ सिद्धार्थ चोकमा तिहारका लागि सयपत्री, मखमलीलगायत माला किनबेच गरिँदै ।

RK Pokhara 1

५) बिक्रीका लागि राखिएका माला …
लक्ष्मी पूजाका दिन शनिबार काठमाडौं नयाँ सडक तथा त्यस आसपास क्षेत्रमा आउने उपभोक्तालाई लक्षित गरी बिक्रीका लागि राखिएका माला ।

ckk ktm

६) कृत्रिम प्लाष्टिकका माला खरिद गर्दै महिला …
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारी बजारमा कृतिम प्लाष्टिकका फुलका माला खरिद गर्दै महिला । प्लाष्टिकका रंगीचंगी मालाको कारोवार बढ्न थालेको छ ।

RPP Kanchanpur MalaKindaiMahira
RPP Kanchanpur TikaKindaiMahira

७) माला बिक्री …
तिहारको लागि धादिङबाट ल्याइएका सयपत्री फूलको माला पोखराको पृथ्वीचोकमा बिक्री गर्दै व्यापारी ।

JBS Pokhara Malabikri
JBS Pokhara Mala
JBS Pokhara DhakaTopi

८) प्लास्टिको माला …
हिन्दुहरुको दोेश्रो ठूलो महान चाड तिहारलाई लक्षित गरी काठमाडौंमा बिक्रीका लागि राखिएको प्लास्टिको माला ।

CKK KTM Ghathagharb
CKK KTM Indrachocka

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७