प्रदेश–१ मा एमालेका प्रदीप भण्डारी सभामुखमा सर्वसम्मत


२८ माघ २०७४, आईतवार
1512870586pradip bhandari

मोरङ, २८ माघ : प्रदेश–१ सभामुखमा नेकपा एमालेका प्रदिप भण्डारी सर्वसम्मत भएका छन् । एमाले संसदीय दलको बैठकले सुनसरीका भण्डारीलाई सभामुख बनाउने निर्णय गरेको हो ।1512870586pradip bhandari

चर्चामा धेरैलाई ल्याइएको भए पनि संसदीय दलको बैठकबाट भण्डारीलाई चयन गरिएको नेकपा एमाले प्रदेश–१ का प्रदेश संयोजक भीम आचार्यले जानकारी दिए । २२ गते बसेको पहिलो संसद बैठकबाट सभामुखको चुनाव मिति सोमबारलाई तय गरेसँगै आइतबार मनोनय दर्ता भएको छ ।

कूल ५१ जना सांसद रहेको एमालेका पाँच जना सदस्यले सभामुख बन्नको लागि इच्छा देखाएका थिए । यो प्रदेशमा मुख्यमन्त्री र सभामुख एमालेले पाउने सहमति भएको थियो । त्यसै अनुसार एमालेले मुख्यमन्त्रीका लागि शेरधन राइलाई संसदीय दलको नेतामा चयन गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७