नवलपरासी पुजारी हत्या प्रकरण : भारतीय नागरिक पक्राउ


३० कार्तिक २०७७, आईतवार
Nawalparasi Police DPO 1536x965 1

नवलपुर, ३० कार्तिक । नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भएको पुजारी मृत्यु प्रकरणमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

स्थानीय एक मन्दिरमा पुजारीको काम गर्ने ७२ वर्षका महगु केबट मन्दिर नजिकै नारायणी नदी किनारमा कात्तिक ९ गते मृत अवस्थामा भेटिएका थिए । घटना शंकास्पद भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा पुजारीको भारत महाराजगञ्जका २१ वर्षका धनन्जय मौर्यले हत्या गरेको खुलासा भएको पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए । पक्राउ परेका मौयले पुजारीको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । मौर्यलाई जिल्लाको प्रातपपुर गाउँपालिका ६ कठहवाबाट पक्राउ गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७