युएफा नेशन्स लिग : फ्रान्स, जर्मनी र स्विडेन विजयी


३० कार्तिक २०७७, आईतवार
115503413 gettyimages 1229620282

काठमाडौं, ३० कार्तिक । युएफा नेशन्स लिग फुटबलका खेलहरुमा फ्रान्स, जर्मनी र स्विडेन विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत लिग ‘ए’ को खेलमा फ्रान्सले पोर्चुगललाई उसैको मैदानमा १–० ले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई विजयी गराउन ५३ औं मिनेटमा एन्गाोलो कान्टेले निर्णायक गोल गरे । यही समुहको अर्को खेलमा स्विडेनले क्रोएशियालाई २–१ ले हराएको छ । युएफा नेशन्स लिगकै अर्को खेलमा जर्मनीले युक्रेनलाई ३–१ ले पराजित गर्‍यो ।

जर्मनीका लागि टिमो वेर्नरले २ गोल गर्दा लेरोए सानेले एक गोल थपे । युक्रेनका यारेम्चुकले खेलमा पहिलो गोल गरेका थिए । नेशन्स लिगकै अर्को खेलमा स्पेन र स्विटजरल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्विट्जरल्याण्डका लागि रेमो फ्रिउलरले पहिलो गोल गरे ।

तर स्पेनका जेरार्ड मोरेनोले एक गोल गर्दै खेल बराबरी गरे । यो खेलमा स्पेनले दुईवटा पेनाल्टी हान्ने अवसर पाएपनि दुबै अवसरलाई सर्जियो रामोसले खेर फाले । यो खेल रामोसका लागि निकै महत्वपूर्ण थियो । स्पेनका लागि १ सय ७७ खेल खेल्दै रामोस सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडी बनेका छन् । यसअघि उक्त किर्तीमान इटालीका जियानलुगी बुफोनको नाममा थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७