उत्तर कोरियामा मानिसहरुलाई धुमपान गर्नबाट रोक्न के गरिंदैछ ?


३० कार्तिक २०७७, आईतवार
nk kim smoking crop

काठमाडौं, ३० कार्तिक । उत्तर कोरिया संसारको त्यो मुलुकमध्ये एक हो जहाँ धुमपान गर्ने मानिसहरुको ठूलो संख्या छ ।

यहाँसम्म कि उत्तर कोरियाका नेता किम जोङ उनलाई पनि सार्वजनिक रुपमा चुरोट हातमा लिइरहेको देख्न सकिन्छ । यस्तोमा उत्तर कोरियाले आफ्ना जनतालाई धुमपानबाट हतोत्साहित गर्नका लागि कस्तो कदम उठाउला भन्ने प्रश्न उठ्न सक्छ ।

देशमा धुमपानविरुद्ध थुप्रै अभियान चलाइसकिएको छ । विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार उत्तर कोरियामा लगभग आधा पुरुष धुमपान गर्छन् । यद्यपि, यहाँ महिलाले धुमपान गर्ने चलन शून्य बराबर छ । यसै महिना पारित भएको एक नयाँ कानून अनुसार सार्वजनिकस्थलमा धुमपान प्रतिबन्ध छ ।

north korea 1YMJdJRuNm

तर सरकारी मिडियामा सर्वोच्च नेता किम जोङ उनको हातमा चुरोट देखाइने गरिन्छ जसले गलत उदाहरण पेश हुन्छ । यस्तोमा देशमा धुमपान रोक्नका लागि उठाइएको नयाँ कदमबाट के हासिल होला ?
के भन्छ नयाँ कानून ?

यसै महिना दक्षिण कोरियामा रोकथाम कानून लागू गरिएको छ जसअनुसार मानिसहरुको स्वास्थयको सुरक्षाका लागि नयाँ नियम बनाइएको छ । संस्था र जनताले यसको अनिवार्य पालना गर्नुपर्छ । चुरोट उत्पादन र बिक्रीको नियम पहिलेको भन्दा कडा पारिएको छ ।

यस्ता स्थानलाई पनि परिभाषित गरिएको छ जहाँ धुमपान गर्नु गैरकानूनी हुनेछ । यसमा राजनीतिक र वैचारिक शिक्षाका स्थल, थिएटर, सिनेमा, शिक्षण संस्थान, जन स्वास्थ्य संस्थान र सार्वजनिक यातायातसँग जोडिएका स्थान समावेश छन् ।

नियमको उल्लंघन गरे जरिवानाको चर्चा भइरहेको छ तर सरकारी मिडियामा अहिलेसम्म यसबारे कुनै जानकारी दिइएको छैन । नयाँ कानून पारित भएपछि सरकारी समाचार एजेन्सी केसीएनएको एउटा रिपोर्टमा भनिएको छ – धुमपान गर्नेहरुमा कोरोनाको संक्रमण उच्च छ । रिपोर्टमा डाक्टर र अन्तर्राष्ट्रिय विशेषज्ञलाई उद्धृत गरिएको छ ।

उत्तर कोरियामा धुमपानविरुद्ध अभियान कहिले सुरु भयो ?

उत्तर कोरिया विश्व स्वास्थ्य संगठनको सूर्तीमाथि नियन्त्रण गर्ने सम्झौतामा हस्ताक्षर गर्ने देशमध्येको एक हो । उसले सन् २००५ मा यसमा हस्ताक्षर गरेको थियो । त्यसलगत्तै उत्तर कोरियामा सूर्तीजन्य वस्तुविरुद्ध अभियान चलाइन्छ ।

सूर्तीजन्य वस्तु नियन्त्रण कानून अनुसार सूर्तीजन्य उत्पादनको प्याकिङमा चेतावनी प्रकाशित गरिन्छ र सार्वजनिकस्थलमा धुमपान निषेध छ । केसीएनएको एक रिपोर्ट अनुसार सन् २०१९ मा धुमपानको नकारात्मक प्रभावबारे जागरुकता फैलाउनका लागि व्यापक अभियान चलाइएको थियो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७