ट्रम्प समर्थक र विपक्षीबीच झडप, छुरा प्रहारबाट एक जना गम्भीर घाइते


प्रकाशित मिति : November 15, 2020

काठमाडौं, ३० कार्तिक । अमेरिकामा चुनावमा धाँधली भयो भन्दै जो बाइडेनको जीत अस्वीकार गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थनमा विरोध जुलुस गर्ने क्रममा झडप भएको छ ।

न्युयोर्क पोस्टका अनुसार ट्रम्प पक्षधर र विपक्षी समूहबीच शनिबार राति अमेरिकाको राजधानी वासिङ्टनमा झडप भएको हो । झडपमा छुरा प्रहार हुँदा एक जना गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्