रोमानियामा अस्पतालमा आगलागी, १० कोरोना संक्रमितको मृत्युु


३० कार्तिक २०७७, आईतवार
romaniya r3Eng6qoyM

काठमाडौं, ३० कार्तिक । रोमानियामा कोभिड १९ बिरामीहरुको उपचार भइरहेको अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । पियत्रा निम्त शहरस्थित अस्पतालमा कोरोना संक्रमितका लागि तयार गरिएको इन्टेनिसिभ केयर वार्ड हुँदै आगो फैलिएको हो । घटनामा अन्य ७ व्यक्तिहरु पनि जलेका छन् ।

यस वार्डमा १६ जना कोरोना संक्रमितलाई कृतिम भ्यान्टिलेसनमा राखिएको थियो । स्वास्थ मन्त्री निलुु तातारुले विद्युत सर्ट भएर आगो फैलिएको हुनसक्ने बताए । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार पियत्रा निम्त क्षेत्रीय आपत्कालीन अस्पतालमा लामो समयदेखि व्यवस्थापन निकै खराब थियो, सरकारले नियुुक्त गरेका आठजना व्यवस्थापनकहरुले यो अस्पताल हेर्दै आएका थिए ।

यसअघिका व्यवस्थापकले बिरामीको राम्रो उपचार हुन नसकेको भन्दै पदबाट राजिनामा दिएपछि वहालवाला व्यवस्थापक लुुसियन मिकु केवल तीन साताअघि नियुक्त भएका थिए । मिकुका अनुसार बिरामीलाई आगोबाट जोगाउन खोज्ने एक डाक्टर यसक्रममा गम्भिर घाइते भएका छन् र उनको शरीर अत्यधिक जलेको छ ।

पियत्रा निम्त रोमानियाको राजधानी बुचारेस्टबाट ३ सय ५३ किलोमिटर उत्तरतर्फ पर्छ । रोमानियामा अहिलेसम्म ३ लाख ५३ हजारमा कोरोना भाइरस देखिइसकेको छ र झन्डै ९ हजारले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसको पहिलो लहरले युरोपका अधिकांश देशहरुलाई प्रभावित गर्दासम्म रोमानिया धेरै हदसम्म सुरक्षित थियो । तर पछिल्ला साता यहाँ संक्रमित र अस्पताल भर्ना हुनेहरुको संख्या निकै बढेकोछ । १ करोड ९० लाख जनसंख्या रहेको रोमानिया युरोपेली युनियनभित्रका गरिब देशमध्ये एक हो । यहाँको कमजोर स्वास्थ प्रणाली निकै कमजोर छ, विशेषगरी साना बस्तीहरुमा डाक्टरहरुको कमी छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७